विराटनगरमा जारी विराट गोल्डकपको उपाधी सशस्त्र प्रहरी बल (एपीएफ)ले जितेको छ।
शनिबार विराटनगरको शहिद मैदानमा भएको फाइनल खेलमा एपीएफले भारतको पन्जाब पुलिसलाई १-० को अन्तरले पराजित गर्दै उपाधी जितेको हो।
एपीएफको लागि प्रदिप लामाले निर्णयक गोल गरेका थिए। फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो।
खेल हेर्न दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो। एपीएफको यो जितले नेपाली फुटबल क्षेत्रमा नयाँ उत्साह थपिएको एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले बताएका छन्।
एपीएफका राजु नगरकोटी 'वेस्ट गोलकिपर' बने भने 'मेन अफ द सिरिज' आशिष लामा बनेका छन्।
त्यस्तै एपीएफकै सनिस श्रेष्ठ 'वेस्ट डिफेन्स' र मनि लामा 'वेस्ट मिडफिल्डर' बने। संकटा क्लब काठमाडौँका फोडे फोफोना 'वेस्ट फरवड' बनेका छन्।