सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न नपाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सवारी साधनमा सिट क्षमता भन्दा बढि यात्रु राख्न पाइने र मास्क अनिवार्य गर्नुपर्ने बताए।
यदि कुनै यात्रुले मास्क नलगाए १० रुपैयाँमा मास्क दिनुपर्ने गर्ने र मास्क नलगाउने व्यक्तिलाई सवारी साधन प्रवेश गर्न नदिने निर्णय समेत गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन्।
त्यसैगरी गाडीलाई नियमति सेनिटाइज गर्नुपर्ने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने निर्णय बैठकले गरेको छ।