आगो ताप्ने क्रममा जलेर बालिकाको मृत्यु

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन्।

घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ।

राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो।

आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  दाङले  जनाएको छ। रासस

प्रकाशित मिति: : 2021-04-20 17:28:00

प्रतिकृया दिनुहोस्