त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधीका लागि आजको खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्।
खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ। नेदरल्यान्ड्स र नेपाल दुवैले उपाधी जित्ने दाउ पर्खिरहेका छन्।
सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ३ विकेटले पराजित गरेको थियो।