त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधिका लागि अहिले नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भई रहेको छ।
त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रिएका कुशल मल्लले अर्धशतकीय इनिङ्स खेलेका छन्।
उनले २४ बलमा ५० रन प्रहार गरे। यसअघि नेपाललका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका थिए। उनले ५३ बलमा ७७ रन बनाएका हुन्।