बायर्नमाथि मैन्जको जित

जर्मन बुन्डेसलिगा फुटबलमा मैन्जले बायर्न म्युनिखलाई पराजित गरेको छ।

शनिबार राति भएको खेलमा बायर्न २-१ को अन्तरले पराजित भएको हो। खेलको ३ मिनेटमै  मैन्जलाई जित दिलाउन जोनाथनले गोल गरेका थिए। त्यस्तै खेलको ३७औं मिनेटमा रोबिन क्वासनले पनि गोल गरे।

उक्त हारसँगै बायर्नले ३१ खेलमा ७१ अंक जोडेर शीर्ष स्थानमा छ। मैन्ज ३४ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2021-04-25 06:41:00

प्रतिकृया दिनुहोस्