अभिनेत्री फातिमाको खुलासा- 'म विषाक्त सम्बन्धमा थिएँ'

बलिउड अभिनेत्री फातिमा सना शेख व्यावसायसँग नजिक छिन्।

बलिउडमा उनको व्यक्तिगत जीवनभन्दा व्यवसायीक जीवनबारे चर्चा हुने गरेको पाइन्छ। फातिमाले पनि आफ्नो नीजि कुराहरु खासै बाहिर ल्याउँदैनिन्।

फातिमाले हालै आफ्नो विषाक्त सम्बन्ध बारे खुलाएकी छन्। उनको यो खुलासासँगै उनलाई रुचाउने दर्शकहरु पनि अचम्म परेका छन्।

उनले एक अन्तर्वार्तामा भनेकी छन्, 'म विषाक्त सम्बन्धमा थिएँ। त्यो धेरै गाह्रो थियो। हामी भन्छौ कि, हामी यो गर्दछौ यो गर्नेछौ। तर, जब तपाई यसमा हुनुहुन्छ, त्यतीबेला बुझ्न धेरै गाह्रो हुन्छ।'

पछिल्लो समय उनी  चलचित्र अजीब दास्तान्स मा देखिएकी थिइन्। जुन् नेटफ्लिक्समा रिलिज भएको थियो। चलचित्रमा उनले जयदीप अहलावतसँग स्क्रिन सेयर गरेकी थिइन्।
 

प्रकाशित मिति: : 2021-04-25 10:19:00

प्रतिकृया दिनुहोस्