नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
पार्टीको पछिल्लो गतिविधि र आगामी यात्रा बारे छलफल गर्न आकस्मिक बैठक बोलाइएको बताइएको छ।
बैठक बिहान १० बजे बोलाइएको भए पनि दुई घण्टापछि मात्र शुरु भएको केन्द्रीय सदस्य ईश्वरी रिजालले जानकारी दिइन्।
यसअघि वैशाख १० गते बसेको बैठकले २६५ जना आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको थियो।