पीएसजीका गोलकिपर केइलर नाभासले सोमबार क्लबसँग नयाँ सम्झौता गरेका छन्।
नयाँ सम्झौता अनुसार नाभास सन् २०२४ सम्म पीएसजीमा रहने बताइएको छ।
३४ वर्षीय नाभास सन् २०१९ मा रियल मड्रिडबाट पीएसजी आएका हुन्।
नाभासले गएका सिजनमा पीएसजीका लागि ३७ खेल खेलिसकेका छन्।