इन्डियन प्रिमियर लिग (आइपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ।
मंगलबार भएको खेलमा दिल्ली क्यापिटलस्लाई १ रनले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा पुगेको हो।
बैंगलोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो। कप्तान ऋषभ पन्त र शिमरोन हेतमायरले अर्धशतक बनाए पनि जित दिलाउन सकेनन्।
कप्तान पन्तले अविजित रहदै ५८ रन बनाए। हिटमायरले अविजित ५३ रन जोडे। मार्कुस स्टोनिसले २२ रन जोड्दा पृथ्वी शले २१ रन बनाए।
बैंगलोरका हर्सल पटेलले २ विकेट लिए। मोहमद सिराज र केली जेमिसनले १–१ विकेट लिए।
यसअघि, पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो।
बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले। रजत पाटीदरले ३१ रन जोड्दा ग्लेन म्याक्स्वेलले २५ रन जोडे। कप्तान विराट कोहली १२ तथा देबदुत पडिकलले १७ रन बनाएर आउट भए।
दिल्लीका इशान्त शर्मा,कागिसो राबडा, अभेस खान, अमित मिश्रा र अक्षर पटेलले १–१ विकेट लिए।