नेपालको पूर्वी क्षेत्रमा भूकम्पकाे धक्का महसुस

नेपालको पूर्वी क्षेत्रमा भूकम्पकाे धक्का महसुस भएको छ।

बुधबार बिहान भारतको असाममा भूकम्प जाँदा त्यसको धक्का नेपालमा पनि महसुस गरिएकाे हाे। भूकम्प मापन गर्ने अमेरिकी संस्था युएसजिएसका अनुसार भारतको असामस्थित धेकियाजुलीमा ६ म्याग्निच्युडको भूकम्प गएको हो।

त्यसको धक्का पूर्वी नेपालमा महसुस गरिएपनि खासै प्रभाव नपरेकाे राराष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ

प्रकाशित मिति: : 2021-04-28 09:11:00

प्रतिकृया दिनुहोस्