काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने ४ सय ११ सवारी साधन ‘होल्ड’

निषेधाज्ञा जारी भएसँगै काठमाडौं उपत्यमा प्रहरीले चेकजाँचमा कडाई गरेको छ।

निषेधाज्ञाको पहिलो दिन  बिहान नियम उल्लङ्घन गर्ने ४ सय ११ सवारी साधनलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार होल्ड हुनेमा मोटरसाइकल र स्कुटर बढी रहेका छन्।

नियन्त्रणमा लिइएका सवारी साधनलाई साँझ मात्र छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। काठमाडौं जिल्लाभित्र १ सय २८ ठाउँमा सुरक्षाकर्मी परिचालन गरेर चेकजाँच गरिएको छ।

ट्राफिक र प्रहरीको संयुक्त टिमले काठमाडौंका ४४ ठाँउमा चेकजाँच गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताएका छन्।

कोरोना संक्रमण नियन्त्रणको लागि काठमाडौं उपत्याकामा निषेधाज्ञा जारी भए पनि सडकमा फाटफुट सवारी साधन चलिरहेका छन्।

प्रकाशित मिति: : 2021-04-29 12:05:00

प्रतिकृया दिनुहोस्