हास्य टेलिचलचित्र ‘डन्ट माइन्ड’ हिजो (बुधबार)देखि प्रसारण सुरु भएको छ।
म्युजिक नेपालको प्रस्तुति तथा हिमालय टेलिभिजनको सहकार्यमा टेलिचलचित्र हरेक बुधबार साँझ ८ बजे प्रसारण हुनेछ।
साथै म्युजिक नेपालको युट्युब च्यानल तथा मोमो एपमासमेत सोही दिन साँझ ८ः३० बजे प्रसारण हुनेछ। टेलिचलचित्रलाई निर्मल शर्मा र कमल मैनालीले संयुक्त रूपमा निर्देशन गरेका छन्।
टेलिचलचित्रमा रवि शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनिता श्रेष्ठ,घनश्याम गौतम (नक्कली प्रचण्ड) सुरेश तिमिल्सिना (नक्कली ओली) रामेश्वर के सी, स्मारिका खनाल, विश्वमणि घिमिरे, चीजकुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मणसिंह बस्नेतलगायतकाे अभिनय रहनेछ।
टेलिचलचित्रको कार्यकारी निर्माता चीजकुमार श्रेष्ठ, पटकथा लेखक कमल मैनाली हुन्।
सम्पादन गौतमराज खड्काले गरेका छन् भने छायांकन राजु केसीले गरेका हुन् । 'टेन टु फाईभ सिरियल'को सफल प्रसारण पछि यो टिमले 'डन्ट माईन्ड' निर्माण गरेको हो।