घरायसी बिवादपछि श्रीमतीको हत्या

नबलपरासी पश्चिममा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

प्रतापपुर गाउँपालिका ४ ठुलो खैरटवामा ३५ वर्षीय उमेश हरीजनले ३० वर्षीया सलन्ती हरीजनको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उमेशले घरायसी बिवाद हुँदा श्रीमतीलाई गम्भीर हुनेगरी कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको  शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामारमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्या अभियोगमा प्रहरीले उमेशलाई पक्राउ गरेको छ। पक्राउ परेका उमेशलाई थुनामा राखी आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-04-30 14:01:00

प्रतिकृया दिनुहोस्