६ जना फ्यानमाथि म्यानचेस्टर युनाईटेडको प्रतिबन्ध

Photo : SBSsports
Photo : SBSsports

म्यानचेस्टर युनाईटेडले सामाजिक सञ्जालको दुरुपयोग गरेको भन्दै आफ्ना ६ फ्यानमाथि प्रतिबन्ध लगाएको छ।

युनाईटेडले टोटेनहमका सन ह्युङ मिनमाथि दुर्व्यवहार गरेको भन्दै ६ फ्यानलाई प्रतिबन्ध लगाएको हो। प्रतिबन्धमा पर्नेमा ३ जना सिजन टिकटधारी, २ आधिकारिक समर्थक र १ टिकटधारी फ्यान रहेका छन्।

अप्रिल ११ मा भएको युनाईटेड र टोटेनहमबीचको खेलपछि ती फ्यानले सनलाई सामाजिक संजालको माध्यमबाट दुर्व्यवहार गरेको पाइएको थियो। 

प्रकाशित मिति: : 2021-05-01 07:01:00

प्रतिकृया दिनुहोस्