‘नेपाली भेरियन्ट हुँदैन भन्न सक्ने अवस्था छैन’ (भिडियो अन्तर्वार्ता)

देशसञ्चार

काठमाडौँ

प्रतिभा चन्द

संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा दैनिक रुपमा संक्रमण दर बढ्दो छ। बिरामीले अस्पतालमा बेड पाउन छोडेका छन्। आइसीयू, भेन्टिलेटरको अभाव भइसकेको छ। उपचार नै नपाएर बिरामीले ज्यानै गुमाउनुपर्ने बाध्यता छ। एक वर्षअगाडि संक्रमण फैलिदै गर्दा जुन स्थिति थियो, त्यो भन्दा पनि भयानक स्थिती व्यहोर्नुपर्ने विज्ञहरुले बताएका छन्। यसका लागि सरकारले के गर्न आवश्यक छ? संक्रमण कुन अवस्थामा छ? यही विषयमा केन्द्रित भएर महामारी विशेषज्ञ डा. ल्हामो वाई शेर्पासँग गरिएको कुराकानीः

नेपालमा अहिले संक्रमण कस्तो छ? भारतको अवस्था हेर्दा संक्रमणको दोस्रो लहर धेरै छ। यहाँ त्यसको डर कस्तो छ? यहाँ पनि विभिन्न भेरियन्टहरु देखिएका छन्, नेपालको त्यसको खतरा कति छ?

अहिले सरकारले सार्वजनिक गर्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको संक्रमितको संख्या हेरेर मात्रै हामीले संक्रमण अबको केही दिमा यस्तो हुन्छ भनेर भन्न अलिकति गाह्रो छ। किनभने संक्रमण हेर्नका लागि मानिसहरु कहाँ बसेको छ, कस्तो जनघनत्व भएको ठाउँमा बसेको छ, शहरी क्षेत्र हो वा ग्रामीण क्षेत्र हो- यो सबै हेर्नु पर्ने हुन्छ।

अब भारतकै कुरा गर्ने हो भने पनि अहिले जुन गतिमा संक्रमण फैलिएको छ, त्यो ठाउँमा जनसंख्याको घनत्व कस्तो छ, उनीहरुको मृत्यु हुनुको कारण के हो? अस्पताल पुग्न नपाएर हो वा पुगिसकेपछि हो? अथवा औषधि नपाएर हो कि मानव संसाधन नभएर हो? यी सबै कुरालाई हेरेर मात्र हामीले संक्रमाण यो हुन्छ भनेर भन्न सकिन्छ।

अहिलेको अवस्थालाई हेरेर हामीले गर्नुपर्ने प्राथामिक कुरा नै हो। हाम्रो प्राथमिक स्वास्थ्य केन्द्रहरुमा ‘ह्यूमन रिसोर्सेस’हरु तयार गर्ने, आइसियू, अक्सिजन, औषधिहरु लिएर आवश्यक पर्ने सबै सामाग्रीहरु तयार गर्ने हो। यी सबै कुरालाई तयारी अवस्थामा राख्नु पर्छ।

प्रकाशित मिति: : 2021-05-02 16:36:00

प्रतिकृया दिनुहोस्