आईपीएल टी ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार राति भएको खेलमा दिल्लीले पन्जाबलाई ७ विकेट पराजित गरेको हो। पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
दिल्लीको जितमा शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै पृथ्वी शले ३९ रन जोड्दा स्टिभ स्मिथले २५ रन बनाए।
शिम्रोन हिटमायर १६ रनमा अविजित रहदा कप्तान ऋषव पन्तले १४ रन जोडे।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो।
यो जितसँगै दिल्लीको ८ खेलमा १२ अंक छ। पन्जाब ८ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा छ।