१० महिनामै पदमुक्त भए भ्यालेन्सियाका मुख्य प्रशिक्षक जाभी ग्रासिया

Photo : wesportz.com
Photo : wesportz.com

स्पेनिस फुटबल क्लब भ्यालेन्सियाले मुख्य प्रशिक्षक जाभी ग्रासियालाई पदमुक्त गरेको छ।

क्लबले ग्रासियालाई प्रशिक्षकमा नियुक्त गरेको १० मै पदमुक्त गरेको हो। क्लबसँग ग्रासियाको सम्झौता दुई वर्षको थियो।

अल्बर्ट सेलाडेसलाई बर्खास्त गर्दै भ्यालेन्सियाले गत जुनमा ग्रासियालाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

तर क्लबले निरन्तर खराब प्रदर्शन गरेपछि भ्यालेन्सियाले ग्रासियालाई पदमुक्त गरेको गरेको हो।

 

प्रकाशित मिति: : 2021-05-04 06:24:00

प्रतिकृया दिनुहोस्