एक सय ३७ दिनदेखि अनशनरत गंगामाया अधिकारीले आज अनशन स्थगित गरेकी छन्।
विश्वभर कोरोनाको महामारीले तीव्र रुप लिइरहेको बेला उनले आफ्नो अनशनलाई विश्राम दिएकी हुन्।
उनले लामो समयदेखि छोरा कृष्ण प्रसाद अधिकारीको हत्यामा संग्लन दोषीलाई कारवाहीको माग गर्दै अनशन बस्दै आएकी थिइन्। तर उनले आज एक वक्तव्य जारी गर्दै आफ्नो अनशन निलम्बन गरेको जानकारी गराएकी हुन्।
साथै उनले द्धन्द्ध पीडितहरुको न्यायका लागि लडाई भने जारी नै रहने बताएकी छन्।