दक्षिण भारतीय चलचित्रकी अभिनेत्री तृषा कृष्णनलाई नचिन्ने सायदै होलान्।
४ मे १९८३ मा जन्मिएकी तृषाले तमिल चलचित्र 'सामी'बाट आफ्नो अभिनय सुरु गरेकी थिइन्। विस्तारै उनले तेलुगु र कन्नडा हुँदै चलचित्र 'खट्ठा मीठा' बाट बलिउडमा प्रवेश गरिन्।
खासगरी उनी अभिनेत्री बन्नुपूर्व एक मोडल र डान्सर थिइन्। उनले सन् २००० को चेन्नाई सुन्दरी प्रतियोगिताको उपाधि जितेकी थिइन्। उक्त जितसँगै उनले आफ्नो मोडलिङ करियर सुरु गरिन्।
त्यसो त तृषालाई बलिउड खासै फापेन। बरु उनका दक्षिण भारतीय चलचित्रहरु 'उन्नाकम इन्नाकम', 'नुव्वोस्नन्ट', 'टिकट खिड्की पर' लगायतका चलचित्रहरुले राम्रो चर्चा पाए। उनका कुनै पनि चलचित्र एक्कासी चर्चामा आएन। विस्तारै एकपछि अर्को चलचित्रले उनलाई स्थापित गरायो।
सुन्दरता र अभिनयमा अब्बल मानिने तृषा हाल कोरोना महामारीमा फुर्सदिलो समय बिताइरहेकी छन्। उनी एक बौद्धिक अभिनेत्री पनि मानिन्छन्।