आफैँले पढाउने विद्यार्थीलाई होटलमा बन्धक बनाएर बलात्कार, शिक्षक पक्राउ 

Symbolic photo
Symbolic photo

विभिन्न प्रलोभन देखाएर एक शिक्षकले छात्रालाई होटलमा राखेर २ दिनसम्म जबरजस्ती करण गरेको घटना बाहिरिएको छ।

गोरखाको एक स्कुलमा अध्यापन गराउँदै आएका दोलखा भिमेश्वरका शम्भु लामाले आफ्नै छात्रालाई जबरजस्ती करण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको सुन्धारास्थित एक गेष्ट हाउसबाट प्रहरीले ती शिक्षकलाई पक्राउ गरेको हो।

लामाले अध्यापन गराउँदै आएको स्कुलकी १५ वर्षीया छात्रालाई विभिन्न प्रलोभन देखाएर काठमाडौंमा ल्याएर होटलमा राखी बजरजस्ती करण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

केही दिनसम्म छात्रा घरको सम्पर्कमा नभएपछि आफन्तले खोजी थालेका थिए। आफन्तको सहयोगमा पछ्याउँदै आएको प्रहरीले लामालाई सुन्धाराबाट पक्राउ गरेको हो।

पक्राउ परेका लामालाई प्रहरीले थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: : 2021-05-05 18:08:00

प्रतिकृया दिनुहोस्