अप्ठ्यारो काम गर्ने शेर्पाहरू किन प्रसन्न देखिन्छन्?

हिमाल खबर

काठमाडौं

अन्य समुदायका मान्छेभन्दा के साँच्चै शेर्पाहरू बढी उत्साही हुन्छन्? शेर्पाबारे टिप्पणी गर्ने विदेशीहरू जो प्रायः आरोहण कार्यका लागि शेर्पालाई काममा लिन्छन्, के उनीहरूसँग शेर्पाबारे बृहत् र गहन ज्ञान छ? के उनीहरूले शेर्पालाई वास्तवमै बुझेका छन्?

विदेशीहरूले दशकौंदेखी नेपालका शेर्पाहरूको प्रसन्न रहने स्वभावको कदर र प्रशंसा गर्दै आएका छन्।

तेन्जिङ नोर्गेको आत्मवृत्तान्तको भूमिकामा एकजना पश्चिमा आरोहीले ‘शेर्पा समुदायको सहनशीलता र राम्रो हास्यचेत, जसका लागि उनीहरू प्रख्यात छन्...’ का सवालमा नोर्गे एउटा प्रतीक भएको उल्लेख गरेका छन्। 

“शेर्पाहरू खुशी प्राणी हुन्, उनीहरू सहनशील र हास्यचेतले औधी भरिपूर्ण हुन्छन् भन्ने कुरा उनीहरूसँग यात्रा गर्ने जोकसैलाई थाहा हुन्छ,” ती आरोही पुस्तकमा लेख्छन्, “उनीहरू आफ्ना हरेक गतिविधि उल्लासका साथ सम्पन्न गर्छन्, हरेक कुरामा स्फूर्तिपूर्ण ढंगले जागरुकता देखाउँछन्।”

अन्य अन्तर–सांस्कृतिक सामान्यीकरण जस्तै, शेर्पाबारे भनिने यी कुरा पनि साधारण लाग्छन्, तर यो जति साधारण देखिन्छ, त्योभन्दा धेरै जटिल छ।
 

प्रकाशित मिति: : 2021-05-06 07:49:00

प्रतिकृया दिनुहोस्