भ्रष्टाचारको आरोपमा कतारका अर्थमन्त्री पक्राउ 

कतारी अर्थमन्त्री  अली सरिफ अल–इमादी भष्टचारको आरोपमा पक्राउ परेका छन्। उनलाई शक्तिको दुरुपयोग गरेको आरोपमा सोधपुछका लागि बिहीबार दोहाबाट पक्राउ गरिएको कतार न्युज एजेन्सीले बताएको छ।

उनीविरूद्ध वित्तिय घोटाला गरेको र सार्वजनिक खरिद ऐनको दुरूपयोग गरेको आरोप लागेको छ। कतारी सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा उनीविरूद्ध छानवीन अगाडि बढिरहेको बताइएको छ।

अर्थमन्त्री अली यसअघि कतारमा निकै चर्चित बनेका थिए, जब उनले कतारमाथि छिमेकी राष्ट्रले लगाएको नाकाबन्दीको डटेर सामना गरे। हाल कतारको आर्थिकस्थिति पहिलेको तुलनामा राम्रो छैन। त्यसैले उनीमाथि वित्तिय गमनको आरोप लागेको छ।

प्रकाशित मिति: : 2021-05-06 18:53:00

प्रतिकृया दिनुहोस्