पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Daily Press
Daily Press

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेशका विभिन्न जिल्लाका लागि समाचार संकलन तथा प्रसारणका समयमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। 

समितिले  पर्वत, म्याग्दी र मुस्ताङका लागि स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले जानकारी दिए। 

उक्त सामग्री पत्रकार महासंघ गण्डकीका निवर्तमान महासचिव गणेश पौडेल, महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा र उपस्थित अन्य पत्रकारलाई हस्तान्तरण गरिएको हो।  कास्कीसहित ती जिल्लामा पाँच हजार थान मास्क र १० लिटर सेनिटाइजर र स्ट्याण्ड  र ६०  फेससिल्ड  वितरण गरिएको छ।

महासंघ गण्डकीलाई नेलम्बो नेपालबाट प्राप्त मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सुरक्षा सामग्री र लायन्स क्लब अफ पोखरा मच्चापुच्छेबाट प्राप्त फेससिल्ड प्रदान गरिएको हो। महासंघ कास्कीसहित प्रदेशका सबै जिल्लामा आवश्यकताका आधारमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिने महासचिव सुवेदीले जानकारी दिए। रासस   

प्रकाशित मिति: : 2021-05-06 20:52:00

प्रतिकृया दिनुहोस्