काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड ¬१९ सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उक्त सिफारिसका विषयमा मङ्गलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा हुने बैठकले आवश्यक निर्णय लिनेछ।

पछिल्लो समयमा मुलुकभर कोभिड¬ १९ सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको प्रजिअ पराजुलीले बताए।

यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो।

त्यसपछि थप कडाइ गर्दै पुन अर्को एक साता आदेश थप भएको थियो। यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेकाले पुनः थप गर्ने तयारी गरिएको हो।

प्रकाशित मिति: : 2021-05-10 14:13:00

प्रतिकृया दिनुहोस्