मसालका महामन्त्री सिंहलाई कोरोना पुष्टि

facebook
facebook

नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंह कोरोना संक्रमित भएका छन्।

स्वास्थ्यमा सामान्य समस्या देखिएका उनको सोमबार कोरोना रिपोर्ट आएको हो।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र ‘होम आइसोलेसन’मा बसेको उनकी पत्नी एवम् राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिएकी छन्।

‘उहाँमा केही दिन यता ज्वरो आएको र रुघाखोकी लागेको थियो। परिक्षण गर्दा कोरोना देखियो।’ पाैडेलले भनिन्।

त्यस्तै, महामन्त्री सिंहसंगै उनका छोरा विश्वमोहनलाई पनि कोरोना पोजिटिभ देखिएको छ। विश्वको अवस्था पनि सामान्य छ।

सिंह केही दिन अघि पार्टी कामको सिलसिलामा पश्चिम नेपालका विभिन्न जिल्लामा गएका थिए। उनलाई त्यहीँबाट कोरोना संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ।

प्रकाशित मिति: : 2021-05-11 11:08:00

प्रतिकृया दिनुहोस्