शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ।
अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताए। उनले बाहिरबाट समयमा किट नआएपछि पिसिआर परीक्षण रोकिएको बताए।
'हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ', उनले भने, 'अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ। त्यसैले किट सकियो।' उनका अनुसार आगामी आइतबारदेखि पुनः पिसिआर गरिनेछ ।रासस