उद्योग वाणिज्य सङ्घको कार्यालय कोभिड अस्पताल

Nagarik Khabar
Nagarik Khabar

उद्योग वाणिज्य सङ्घको कार्यालयलाई कोभिड अस्पताल बनाइएको छ। जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि सङ्घले आफ्नो कार्यालयलाई अस्पतालमा रुपान्तरण गरेको हो। 

सङ्घले कार्यालयमा दश  आइसोलेशन श्यया राख्ने तयारी गरेको र  ती श्ययाका लागि २५  अक्सिजन सिलिन्डर समेत खरिद गरिएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिए। 

ती अक्सिजन  निःशुल्क सहयोग गरिने र  जिल्ला प्रशासन तथा सरोकारवालासँग समन्वय गरेर स्वास्थ्यकर्मीका सेवा दिने तयारी भएको उनले बताए।  

जिल्लाका  प्रायः सङ्क्रमित  होम आइसोलेशनमै  छन्। सङ्क्रमितका सङ्ख्या बढ्दै जाँदा जिल्लामा आइसोलेशन र अक्सिजनको अभाव हुने जोखिम रहेको बताइएको छ। रासस 

प्रकाशित मिति: : 2021-05-11 18:43:00

प्रतिकृया दिनुहोस्