नेपाल-भारत सीमाः कोभिड महामारीका बेला सीमा सुरक्षार्थ खट्ने सशस्त्र प्रहरीका यस्ता छन् चुनौती

बिबिसी

काठमाडाैं

कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि बन्द गरिएको नेपाल-भारत सीमामा खटिएको सशस्त्र प्रहरी बलले भौतिक संचरनाको अभावमा पाल र जस्तामुनि बसेर पहरा दिइरहेको अधिकारीहरूले बताएका छन्।

खुला सीमामा लुकीछिपी हुने आवागमन र तस्करी रोक्नका लागि सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीका जवानहरूले स्थायी सुरक्षा चौकीको अभावमा तराई-मधेशको चर्को घाममा घण्टौँ उभिएर पहरा दिनुपरेको गुनासो गरेका छन्।

कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै सरकारले वैशाख १९ गतेबाट नेपाल-भारत सीमा बन्द गर्दै १३ वटा नाकाबाट मात्र नेपाली नागरिकलाई प्रवेश दिने गर्ने निर्णय गरेको थियो।

सरकारको निर्णयसँगै सीमाबाट हुने आवागमन रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीलाई करिब १,८८० किलोमिटर क्षेत्रमा फैलिएको नेपाल-भारत सीमामा काम गर्नु चुनौतीपूर्ण भएको सशस्त्रका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताए।

प्रकाशित मिति: : 2021-05-12 18:02:00

प्रतिकृया दिनुहोस्