सगरमाथा आरोहणका क्रममा दुई आरोहीको मृत्यु

बिएल संवाददाता

सोलुखुम्बु
फाइल तस्वीर
फाइल तस्वीर

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिए।

उनका अनुसार स्वीजरल्याण्डका आरोही अब्दुल वारिच आरोहण सकेर फर्कने क्रममा सेभेन समिटमा आइपुगेर बसेकै अवस्थामा मृत्यु भएको हो।

यस्तै शिखरतर्फ जाँदै गरेका अमेरिकन नागरिक पुवई लिउको चौथो क्याम्पमा मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिए। उनीहरुको स्वास्थ्य अवस्था कमजोर भएका कारण मृत्यु भएको बताइएको छ। रासस

प्रकाशित मिति: : 2021-05-13 16:19:00

प्रतिकृया दिनुहोस्