नौ सातामा १४५६ को मृत्यु : कसरी फैलियो महामारी, कहाँ थियो सरकार ?

अनलाइनखबर

काठमाडाैं

२२ फागुन-३० बैशाख बीचमा १४५६ संक्रमितले जीवन गुमाए। हामीले यी ९ सातामा संक्रमण र मृत्युदर के-कस्तो अवस्थामा थिए र त्यसबेला मुलुकको सरकार र राजनीतिक क्षेत्र के गरिरहेको थियो भनेर केलाएका छौं :-

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिरहँदा मुलुकको राजनीतिक क्षेत्रको प्राथमिकता बहुमतको सरकार बनाउने र बनाउन नदिनेमा केन्द्रित थियो। प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालसँग घण्टौं लामो संवादमा थिए।

विपक्षी दलका नेता शेरबहादुर देउवा र संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड जनता समाजवादी पार्टीको एउटा खेमासँग मिलेर बहुमतको सरकार बनाउने प्रयासमा थिए। अर्थात् कोरोना संक्रमणले यति ठूलो संख्यामा नागरिकको जीवनहरण गरिरहँदा मुलुकको सरकार र राजनीतिक नेतृत्वको प्राथमिकता अर्कै थियो।

देशको सरकार र राजनीतिक क्षेत्रले संक्रमण र त्यसका कारणले भइरहेको मृत्युलाई पटक्कै वास्ता नगरेको एक दिनको घटना होइन। हामीले पछिल्ला ९ सातामा संक्रमण र मृत्युदर के-कस्तो अवस्थामा थिए र त्यसबेला मुलुकको सरकार र राजनीतिक क्षेत्र के गरिरहेको थियो भनेर केलाएका छौं। यो रिपोर्ट त्यसैको सार हो।

प्रकाशित मिति: : 2021-05-14 16:18:00

प्रतिकृया दिनुहोस्