मोरङको लेटाङ नगरपालिका वडा नं ३ मा गएराति छुरा प्रहारबाट एक जनाको हत्या भएको छ।
लेटाङ नगरपालिका वडा नं ३ का रोमन राईको हत्या भएको ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरिक्षक रोमन राज अर्यालले जानकारी दिए।
राति ८ः४५ बजेतिरको समयमा स्थानिय ठाँउमा बसोबास गर्दै आएका दिलबहादुर लिम्बू, सुशील नेपाली र भुपाल मगरले हत्या गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्नहरु ईलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेका छन् भने मृतकको शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल बिराटनगर लगिएको प्रहरीले जनाएको छ।