कोरोना संक्रमणबाट वडाध्यक्षको निधन

Symbolic photo
Symbolic photo

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं  ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ।

नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उहाँको आज  निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए।

यसैगरी कोनाबाट नै बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ। पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उहाँको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज  अपराह्न निधन भएको हो।

रेडियो हापुरेमा कार्यरत उनले गतहप्तामात्र कोरोनालाई पराजित रेको  स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले जानकारी दिए।

जिल्लामा कोरोनाबाट दुई पत्रकारको निधन भैसकेको छ। यस अघि  पत्रकार दामोदर अधिकारीको कोरोनाकै कारण निधन भएको थियो।

जिल्लाका एक सङ्क्रमितका बाँकेमा निधन भएको छ। भेरी अस्पतालमा उपचारमा क्रममा तुलसीपुर उपमहानगरपालिका १० का ३८ वर्षीया महिलाको गए राति निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए।रासस

प्रकाशित मिति: : 2021-05-17 17:01:00

प्रतिकृया दिनुहोस्