कोभिड नेपाल: कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउने ५,००१ जना को हुन्?.

बिबिसी

काठमाडौं

गत वर्ष जेठ ३ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा एक जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

मन्त्रालयले कोरोनाभाइरस सङ्क्रमणको विवरण अद्यावधिक गर्दै सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको मृत्यु भएको जनाएको थियो। त्यो दिन नेपालमा पुष्टि भएको सङ्क्रमण सङ्ख्या २८१ थियो।

पहिलो मृत्युको ठिक एक वर्ष पुगेकै दिन जेठ २ गते आइतवार मन्त्रालयले नेपालमा कोभिड-१९ बाट मृत्यु भएकाको सङ्ख्या ५,००० नाघेको विवरण सार्वजनिक गर्‍यो।

आइतवारसम्म सङ्क्रमण पुष्टि भएकाको कुल सङ्ख्या चार लाख ५५ हजार थियो। सङ्क्रमितमध्ये ज्यान गुमाउनेहरू १.१० प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

प्रकाशित मिति: : 2021-05-17 17:03:00

प्रतिकृया दिनुहोस्