स्वास्थ्य मन्त्रालयले नै दियो बेड खालीको गलत सूचना

बिरामीका आफन्त र अस्पताललाई हैरानी

अनलाइनखबर

काठमाडाैं

कोरोना संक्रमितहरुले काठमाडौं उपत्यकाका अस्पतालहरुमा आईसीयू वा भेन्टिलेटर होइन, अक्सिजन बेडसमेत पाउन मुश्किल छ। भेन्टिलेटरकै खोजीमा कतिपय बिरामी हेलिकप्टरमार्फत पोखरा र झापासम्म पुगेका छन्।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा मात्र कोभिड–१९ का बिरामीका लागि बेड खाली रहेको सूचना निकाल्यो।

अस्पतालको क्षमता र बिरामीको संख्याको सूची नै दिएको छ, जसअनुसार उपत्यकाका १९ वटा अस्पतालमा गरी ७५० आइसोलेसन बेड, २२१ आईसीयू बेड र ६९ भेन्टिलेटर खाली छन्।

मन्त्रालयकै सूचनाका आधारमा, बेडको खोजीमा भौतारिरहेका संक्रमितका आफन्तले अस्पतालमा फोन गरेर बेड खोजेका छन् । तर पाउन सकेका छैनन्।

किन यस्तो भयो त ? अस्पतालका अधिकारीहरु भन्छन्, मन्त्रालयको सूचना गलत छ।’

प्रकाशित मिति: : 2021-05-18 17:22:00

प्रतिकृया दिनुहोस्