हिमालय एयरलाइन्सले दमाममा चाटर्ड उडान गर्ने

नेपालमा रहेका भारतीय नागरिक लैजान हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाममा तीन वटा चाटर्ड उडान गर्ने भएको छ। 

नेपाल सरकारको निर्णय अनुसार मे १८ मा दमामका लागि उडान तालिका निर्धारण गरिएको एयरलाइन्सले आज विज्ञप्ति मार्फत जनाएको हो। 

एयरलाइन्सले चाटर्ड उडानका लागि नयाँ भाडादर पनि तोकेको छ। काठमाडौं–दमामका लागि ८२० अमेरिकी डलर तिर्नुपर्नेछ। उडानमा सहभागी यात्रुले अनिवार्य रुपमा पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्नेछ। रासस 

प्रकाशित मिति: : 2021-05-18 17:34:00

प्रतिकृया दिनुहोस्