रोल्पामा जेठ २० गतेसम्म थपियो निषेधाज्ञा

रोल्पामा जारी निषेधाज्ञा आगामी जेठ २० गतेसम्मका लागि थप गरिएको छ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो।

कोरोना भाइरसको संक्रमण दरमा कमी नआई परिस्थिति असहज बन्दै गइरहेकाले संक्रमण रोकथाम, नियन्त्रणका लागि निषेधाज्ञा थप गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।

रोल्पामामा वैशाख २२ गते विहान ६ बजेदेखि जेठ ५ गते रातिसम्म जिल्लाभर निषेधाज्ञा लगाइएको थियो। जेठ ५ गतेसम्म लगाइएको निषेधाज्ञालाई जेठ २० गतेसम्म थप गरिएको हो।

प्रकाशित मिति: : 2021-05-19 14:19:00

प्रतिकृया दिनुहोस्