३० अस्पतालमा कोरोना संक्रमितले निःशुल्क उपचार पाउने

फाइल तस्वीर
फाइल तस्वीर

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितका उपचारका लागि देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले देशभरिका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरिएको जानकारी दिए।

ती अस्पतालमा सङ्क्रमितले निःशुल्क उपचार पाउने छन्। प्रदेश नं १ मा एक, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा १७, गण्डकी र लुम्बिनी प्रदेशमा दुईदुई तथा सुदूरपश्चिम प्रदेशमा छ  अस्पताल छन्।

ती अस्पतालमा संक्रमण र सामान्य लक्षण भएका बिरामीको उपचार गरिन्छ। रासस
 

प्रकाशित मिति: : 2021-05-19 18:18:00

प्रतिकृया दिनुहोस्