नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। चेम्बरले आज विभिन्न अस्पतालका प्रतिनिधिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल र राधास्वामी अक्सिजन थेरापी आइसोलेसन सेन्टरका प्रतिनिधिलाई पिपिई, मास्क, पञ्जा, सेनिटाइजर तथा विभिन्न औषधि हस्तान्तरण गरे। चेम्बरले केही दिनभित्रै स्वास्थ्य संस्थालाई अक्सिजन सिलिण्डर र कन्सन्टे«टर पनि उपलध गराउने जनाइएको छ। रासस