झापाको निषेधाज्ञा जेठ १४ गतेसम्म लम्बियो, थप कडा पार्ने तयारी

Symbolic photo
Symbolic photo

झापामा एकसाताका लागि निषेधाज्ञा लम्बिएको छ। पूर्ण निषेधाज्ञालाई एकसाता निरन्तरता दिने निर्णय भएको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ १४ गते मध्याराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय भएको हो।

बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय गरेको छ।

ती सामानहरु व्यवसायीले बिहान ६ बजेदेखि ९ बजेसम्म स्थानीय तह वा उद्योग वाणिज्य सङ्घको सहकार्यमा घर-घरमा पुर्‍याइसक्नु पर्ने हुन्छ।

प्रकाशित मिति: : 2021-05-20 16:40:00

प्रतिकृया दिनुहोस्