कर्णाली प्रदेश सरकारलाई बालबालिकाका क्षेत्रमा का मगर्दै आएको अन्तरराष्ट्रिय गैरसकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले रु ४८ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज सो संस्थाका प्रदेश कार्यक्रम प्रमुख अरुणकान्त पौडेलले एक हजार ३०० पिपिई सेट, एक हजार ७५० भिटिएम, छ हजार सर्जिकल मास्कलगायत सामग्री हस्तान्तरण गरे। मुख्यमन्त्री शाहीले सङ्कटका समयमा सबैको सहयोगको खाँचो रहेको बताए।
उनले भने, 'कोभिड नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो छ। विपद्सँग सामना गर्न र मानवीय जीवन सुरक्षाका लागि सबैको साझा भूमिका आवश्यक छ।' कोरोनाका उच्च जोखिम मानिएका दैलेख, कालीकोट, जाजरकोट र सुर्खेतलाई ती सामग्री प्रदान गरिने बताइएको छ। रासस