स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ।
एट्लेटिकोले ७ वर्षपछि ला लिगाको उपाधि जितेको हो।
शनिबार राति भएको अन्तिम खेलमा रियल भालाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले उपाधि हात पारेको हो।
रियल मड्रिडलाई एट्लेटिकोले २ अंकले मात्र पछि पार्यो। एट्लेटिकोले ३८ खेलमा ८६ अंक जोडेको थियो भने दोस्रो स्थानको रियलले ८४ अंक जोडेको थियो।