अमेरिकामा कोरोना खोपलाई युवाहरुमा पुर्‍याउन 'डेटिङ्ग एप्स' प्रयोग गरिदै

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकामा कोरोना खोपलाई युवा वर्गहरुको बीच लोकप्रिय बनाउन सरकारले केही प्रमुख 'डेटिङ्ग एप्स'को सहयोग लिने भएको छ। 

राष्ट्रपति जो बाइडेनको आउँदो ४ जुलाईसम्म ७० प्रतिशत जनतालाई खाेप दिने लक्ष्य छ। हालै गरिएको एक सर्भे मा १८ देखि ३४ बर्षका ४२ प्रतिशत वयस्कहरुलाई खोपमा विश्वास नभएको पाइएको थियो।

कोरोनाको बारेमा बोल्दै ह्वाइट हाउसका वरिष्ठ अधिकारी एन्डी स्लैविटले 'भ्याक्सिनेसन'लाई युवा वर्गमा लोकप्रिय बनाउन  'टिण्डर', 'आकुपिड', 'बीएलके', 'हिन्ज', 'म्याच', 'चिस्पा' र 'बम्ब' जस्ता लोकप्रिय एप्सहरुको साहयता लिइने बताए। उनले भने, 'यी एप्सहरुमा कोरोना सम्बन्धि विशेष फिचर राखिने छ।'

अमेरिकामा यी एप्सका प्रयोगकर्ताहरु करिब पाँच करोड छन्। यी एप्सहरुमा, के तपाईंले भ्याक्सिन लगाउनु भयो ? लगाउने योजना छ ? भनेर प्रश्न हरु सोधिने छ।

यसैबीच अकुपिडले भ्याक्सिन लगाएका प्रयोगकर्ताहरुको मन मिल्ने साथि भेट्ने १४ प्रतिशत बढी मौका भएको बताएको छ। 

अमेरिकामा हाल सम्म करिब ६० प्रतिशतले कोरोना खोपको एक डोज मात्र लगाएका छन्।

प्रकाशित मिति: : 2021-05-24 09:23:00

प्रतिकृया दिनुहोस्