एमालेका विष्ट, निरौला र पहाडीले हस्ताक्षर गरेनन् रिटमा

एमालेभित्रको ‘समानान्तर समूह’ का नेता माधवकुमार नेपालले आफ्नै दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई बनाउन सर्वोच्च अदालतमा रिट दर्ता गर्न लागेपछि नेपालसँग तीन जना निवर्तमान सांसद्हरुले असहमति राख्दै हस्ताक्षर गरेका छैनन्।

कार्यदलमा रहेर काम गरिरहेका एमाले नेता गोकर्ण बिष्टले हस्ताक्षर गरेनन्। त्यस्तै गत चुनावमा झापाबाट निर्वाचित पवित्रा निरौला खरेल र सिन्धुलीबाट निर्वाचित गणेश पहाडीले पनि हस्ताक्षर गरेका छैनन्।

तीन जनाले हस्ताक्षर नगरेपछि नेपाल समूहका २३ जनाले मात्र उक्त रिटमा हस्ताक्षर गरेका छन्। आइतबार हस्ताक्षर नगरेको बताएका सुरेन्द्र पाण्डेले पनि रिटमा हस्ताक्षर गरेका छन्।

रिट निवेदनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एकजना पूर्व सांसदको हस्ताक्षर रहेको छ।
 

प्रकाशित मिति: : 2021-05-24 15:23:00

प्रतिकृया दिनुहोस्