भारतीय विदेशमन्त्री जयशंकर न्युयोर्कमा

भारतका विदेश मामिला मन्त्री एस जयशंकर अमेरिकाको न्युयोर्क आइपुगेका छन्।

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण भएकाले यसलाई महत्वका साथ हेरिएको छ। त्यसैगरी गत जनवरीमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यको रुपमा भारतको प्रवेशपछि पनि उनले पहिलो पटक भ्रमण गरेका हुन्।

भ्रमणका क्रममा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र राज्य सचिव एन्टोनी ब्लिन्केनलाई भेट्ने जनाइएको छ। उनीहरुका बीचमा मंगलबार भेट हुने कार्यतालिका रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

गुटेर्रेसलाई न्युयोर्कमा भेटेपछि ब्लिन्केनलाई भेट्न उनी वासिङ्टन जाने कार्यक्रम रहेको छ। जयशंकरको अमेरिका भ्रमण यही मे २८ मा सकिने भएको छ। भ्रमणका क्रममा उनले अन्य केही अमेरिकी अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने जनाइएको छ।

व्यवसायी तथा आर्थिक क्षेत्रका व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने र भारतलाई यहाँबाट गर्ने सहयोग र सहकार्यका बारेमा छलफल हुने भएको छ।

प्रकाशित मिति: : 2021-05-25 06:24:00

प्रतिकृया दिनुहोस्