चीनले नेपाललाई १० लाख डोज कोरोना खोप नि:शुल्क दिने 

File photo
File photo

चीनले नेपाललाई १० लाख डोज कोरोना खोप निशुल्क दिने भएको छ।

चिनियाँ राष्ट्रपति सी चिनजिङले नेपाललाई १० लाख कोरोना खोप निशुल्क उपलब्ध गराउने बताएका हुन्। 

राष्ट्रपति सीले खोप दिने घोषणा गरेको नेपालस्थित चीनीया राजदुत होउ यान्छीले जनाएकी छन्। राजदुत यान्छीले सामाजिक संजाल ट्वीटरबाट नेपालाई १० लाख डोज खोप दिने बारे उल्लेख गरेकी हुन्।

बुधबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले चीनीया राष्ट्रपती सीसँग टेलिफोन गरेकी थिइन्। दुई देशका राष्ट्रपतिको टेलिफोन संवादपछि यान्छीले यस्तो जानकारी गराएकी हुन्।
 

प्रकाशित मिति: : 2021-05-26 18:07:00

प्रतिकृया दिनुहोस्