नेकपा एमाले सुदूरपश्चिमले आफ्ना तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ।
प्रदेश समितिले पत्राचार गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको हो।
पार्टीको स्थायी कमिटी बैठकको निर्देशन बमोजिम माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिइएको बताइएको छ। गत शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।