संखुवासभा कम्युनिटी अफ अमेरिकाले आइसोलेशन केन्द्रको श्यया खरिद गर्न आर्थिक सहयोग गरेको छ।
संस्थाले खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा सञ्चालन गरिएको आइसोलेसनमा ५० श्यया खरिद गर्न संस्थाले रु १२ लाख ५० हजार उपलब्ध गराएको हो।
जिल्ला समन्वय प्रमुख किरणकुमार शाक्यले सहयोप्रति सस्थालाई धन्यवाद दिए। सस्थाक अध्यक्ष शान्ति श्रेष्ठले संखुवासभामा जन्मभइ अमेरिकामा रहेकाबाट प्राप्त रकम सङ्कलन गरी कोरोना नियन्त्रणमा सहयोग गरिएको जानकारी दिइन्। जिल्लामा एक ९० श्ययाको अइसोलेशन सञ्चालनमा छ। रासस