कोभिड १९ बाट सङ्क्रमितका लागि यहाँस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछि गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन्।
बिहीबार नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा विपद व्यवस्थापन सहयोगी समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४८ पुरुष र ५ महिला गरि ५३ जनाले रक्तदान गरेको समितिका अध्यक्ष शिव गिरीले बताए।
जिल्लाको कावासोतीमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष गिरीले बताए।
नेपाल रेडक्रस कावासोती उपशाखाद्वारा सञ्चालन गरिएको रक्तसञ्चार केन्द्रमा अहिले रगतको अभाव रहेको रेडक्रम उपशाखाका सभापति वेदप्रसाद न्यौपानेले बताए।
विपन्नलाई खाद्यान्न सहयोग
आपतकालीन सहयोगी युवा सञ्जाल कावासोतीले विपन्न घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ।
नगरपालिकाका-१३ भित्रका विभिन्न टोलमा रहेका ३३ घर विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको सञ्जालका सदस्य जनक माकिम मगरले बताए। रासस