श्रीलङ्कालाई चीनले पाँच लाख खोप सहयोग गर्ने

Photo : Japantimes.co.jp
Photo : Japantimes.co.jp

चीनले श्रीलङ्कालाई कोरोना भाइरसविरूद्धको पाँच लाख मात्रा खोप प्रदान गरेको छ।

पछिल्लो समयमा भारतमा कोभिड–१९ को अभाव सामना गर्नु परेपछि श्रीलङ्कालाई कोरोना खोप उपलब्ध गराउन सकिरहेको थिएन। 

बुधबार दोश्रो चरणको चिनियाँ खोप कोलम्बोमा पुगेको हो। यसअघि गत मार्चमा पाँच लाख मात्रा खोप श्रीलङ्का पुगेको थियो। अक्सफोर्ड अस्ट्राजेनेकाद्वारा विकास गरेको र भारतमा उत्पादन गरिएको कोभिशिल्ड खोप उपलब्ध गराउने भनिए पनि भारतीय अदालतले खोप तत्काल बाहिर नपठाउन गरेको आदेशसँगै अहिले भारतले अन्य देशलाई पठाउने भनेको खोप आपूर्तिलाई रोकेको छ।

श्रीलङ्का सरकारले चिनियाँ साइनोफार्मबाट एक करोड ४० लाख मात्रा खोप लिने निर्णय गरेको छ। 

श्रीलङ्कामा अहिलेसम्म कोभिड सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाख ७४ हजारभन्दा बढी पुगेको छ भने सङ्क्रमितमध्ये एक हजार २९८ जनाको मृत्यु भएको छ। श्रीलङ्कामा पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ७८२ रहेको छ।

प्रकाशित मिति: : 2021-05-28 10:25:00

प्रतिकृया दिनुहोस्